आन्तरिक नियन्त्रण प्रणाली
आन्तरिक नियन्त्रणको अवधारणा र नेपालमा यसको अभ्यास – भरत कुमार साउद १. विषय प्रवेश वास्तवमा सङ्गठन गर्नु वा सङ्गठित हुनु मानिसको स्वभाव र नैसर्गिक आवश्यकता हो । त्यसैले मानव सभ्यताको इतिहास जति पुरानो छ, साङ्गठनिक उद्विकासको इतिहास त्यसभन्दा पनि पुरानो भएको अनुमान गर्न सकिन्छ । सङ्गठनका औपचारिक सिद्धान्त र अवधारणा नयाँनयाँ आए होलान् तर त्यसको अभ्यास भने मानिस सुरु देखि नै गर्दै आइरहेको छ । ठिक त्यसै गरी सङ्गठन भित्र नियन्त्रण र नियमनका क्रियाकलापहरु सुरु देखि नै भइरहेकै हुन् यद्यपि आधुनिक व्यवस्थापन शास्त्रमा आन्तरिक नियन्त्रण एक नयाँ अवधारणा हो । अमेरिकन इन्स्टिच्युट अफ एकाउन्टेन्टस्ले सर्वप्रथम सन् १९४९ मा आन्तरिक नियन्त्रण प्रणली भन्ने पदावलीको प्रयोग गरेको र पछि सन् १०५८ र १९७२ मा यसमा थप प्रकाश पारेको भन्ने उल्लेख भएको पाइन्छ । खास गरी सन् १९८० को दशकपछि वित्तीय सूचनाहरुको सुरक्षाका लागि आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्था ठूला कम्पनीहरुमा औपचारिक रुपमा नै गर्न थालिएको देखिन्छ । कमिटी अफ स्पोन्सरिङ अर्गनाइजेसन्स् ९ऋइक्इ० को सन् १९९२ को प्रतिवेदन र सारबेन्स अक्स्ले एक्ट, सन् २०...